राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

चैत्र ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ ।
आज बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि प्रस्थान गर्नु हुनेछ ।

कात्तिक १०, २०८१ आइतबार ०:१५:२८