राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकारको अनिवार्य आवश्यकता अध्यक्ष क. प्रचण्ड

बाँके, असार १६ । अच्युतराज सुवेदिको वार्षिक स्मृति सभा तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क. प्रचण्डले युवा समाजसेवी, व्यवसायी तथा रानीतिक कार्यकर्ता अच्युतराज सुवेदीलगायत भुकम्पमापरी निधन हुनुभएका नागरिकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तजनमा समवेदना अर्पण गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क. प्रचण्डले २०७२ वैशाखमा भएको विनासकारी भुकम्पले ठूलो जनधनको क्षति गर्यो । यो नकारात्मक परिघटना थियो । यसबाट हामीले सकारात्मक सुरुवातको काम थाल्यौं । त्यसबेला म आफु प्रतिपक्ष दलको नेता थिए, तर भूमिका प्रतिपक्षको होइन, बरु राष्ट्रिय संकल्प गर्यौं, जुन २७ बुँदे राष्ट्रिय संकल्पबाट राष्टिय एकता कामय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरको बताउनु भयो ।
त्यसै क्रममा अध्यक्षले संविधान घोषणा गर्यौ, त्यसपछिको स्तिथिमा भएको नाकाबन्दीलाई समेत सामना गरेको बताउनु भयो ।
अध्यक्ष कमरेड प्रचण्डले पुनर्निर्माणको कामलाई जुन गति र प्रभावकारिता आउनु पर्ने थियो, त्यो भएन । यसको मूल कारण भनेको राष्ट्रिय एकताको अभाव हो । देश अहिले पनि अप्ठ्यारोमा छ । यसको निम्ति राष्ट्रिय एकताको खाँचो छ । यसबाट पछि हटेर देशको अप्ठेरो सामना गर्न नसकिने बताउनु भयो ।
त्यसै क्रममा अध्यक्षले संविधानमा नपुगेका कुरा, मधेश, आदिवासी जनजातिका चिन्ता छन्, ती चिन्तालाई सम्बोधन गर्न पनि राष्ट्रिय एकताको खाँचो रहेको बताउनु भयो । अहिले लाखौलाख नेपालीहरु विदेशमा छन् । विदेशबाट आएको रेमिटेन्सले देशको अर्थतन्त्र चल्नु दुःख लाग्दो स्थिति हो । दिनदिनै नेपाली युवा कामदारहरुको विदेशमा मारिएका छन् । यसको अन्त्य गरिनु पर्दछ । यसको निम्ति देशमै उद्योग धन्दा, कलकारखानाका साथै रोजगार श्रृजना गर्न सक्ने योजना तर्जुमा गरी यो स्थितिको अन्त्य गरिनुपर्ने बताउनुभयो ।
अध्यक्ष क. प्रचण्डले राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले गर्दा राष्ट्रिय एकता कायम गर्न समस्या देखापरेका छन् । यो स्थितिले राष्ट निकै अप्ठेयरोमा पर्ने खतरा देखिएको छ । यसको अन्त्यको निम्ति पनि राष्टिय एकताकै खाँचो छ । राष्टिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकारको अनिवार्य आवश्यकता पनि भएको बताउनु भयो ।
त्यसैक्रममा उहाँले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्न, मधेश, जनजातिलगायतका जनताको माग, चिन्ताको सम्बोधन गर्न देशको समग्र विकास गर्न राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमतिले मात्र देशको समस्या समाधान गर्न सकिने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले नेपाल विकासको निम्ति प्रचुर सम्भावना छ । यो सबै स्थितिको भरपुर मात्रमा उपयोग गर्न सक्यौ भने नेपालको तिव्र विकास सम्भव रहेको कुरा बताउनु भयो ।
अध्यक्षले नेपालगञ्जवासी, बाँकेवासीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरनुपर्दछ । यो स्थान विविधताको संगम हो । सबै जातजाति, भषा,भाषी, धर्मवालम्बीहरुको बसोबास रहेको ठाउँ हो । अच्युतराज सुवेदीले व्यवसायी समाजसेवी, राजनीति, प्रभाकारीत सबैलाई जोड्नु भएको छ । उहाँको राम्रो गुणहरु, गतिशीलता, पारदर्शिता, लगनशिलता जस्ता गुणहरुबाट सिक्नुपर्ने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले हामी हाम्रो तर्फबाट, देशलाई नयाँ स्थिरता र नयाँ गतितिर अगाडी बढाउन चाहन्छौ । यसको निम्ति हामीले नयाँ संकल्प र नयाँ प्रतिबताको जरुरी रहेको बताउनु भयो । उहाँले राष्टिय एकताको नयाँ सकारात्मक संकेत पनि देखापरेको बताउनु भयो । अध्यक्ष क. प्रचण्डले भुकम्पका कारण शोकमा रहेकाहरुलाई हामी सबैले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनु भयो ।

कात्तिक ९, २०८१ शुक्रबार १३:१३:१७