राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन अध्यक्ष प्रचण्डको आव्हान

बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरीे समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ । पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन ।

शुभकामना

नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।

देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान छन् । समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन् । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व हो । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका छन् ।

बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरीे समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ । पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन ।

तसर्थ यस पर्वको अवसरमा शेर्पा लगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आव्हान सहित सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

१९ फागुन, २०७८
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Sherpa-Halmo_Suvakamana-from-CMPrachanda-078-11-19

कात्तिक ७, २०८१ बुधबार ७:६:५