विजयपछि जनताका समस्या बुझ्न घरदैलाेमा प्रचण्ड

मंसिर २७, बसन्तपुर माडी। “अध्यक्ष ज्यू, माडीकाे बगई खाेलाले गरेकाे क्षतिकाे अवलाेकन गर्दा कसाे हाेला ?” माडीका निर्वाचित मेयर ठाकुर ढकालले यसाे भन्ने बित्तिकै प्रचण्डले भन्नुभयाे, “जाउँ त स्थलगत निरीक्षण गरौं, अबकाे काम चुनावकाे बेला गरेका बाचा अनुसार काम गर्नु हाे।”
त्यसपछि अध्यक्ष प्रचण्डकाे गाडी बंगई खाेलाकाे किनारै किनार अघि बढ्याे। बालुवाकाे बाटाे हुँदै प्रचण्डकाे गाडी प्याउली बजारमा राेकियाे। “यही हाे अध्यक्ष कमरेड, गएकाे वर्ष बाढीले सबैभन्दा क्षति पुर्याएकाे ठाउँ” मेयर ढकालले पूर्वतिर देखाउँदै भन्नुभयाे। त्यसपछि अध्यक्ष प्रचण्डले बाढीले गरेकाे क्षति र जनताकाे अवस्थाबारे अन्तरक्रिया गर्नुभयाे।
“हामी २०४७ सालदेखि बस्दै अाएका छौं, वर्षेनी बाढीले हाम्राे बस्ती बगाउँछ। हामी साह्रै समस्यामा छौं” स्थानीयले अाफ्नाे पीडा सुनाए। “तपाईहरुकाे समस्या मैले बुझेकाे छु, बैकल्पिक व्यवस्था गरेर यहाँकाे बस्ती सार्नुपर्ने देखियाे” प्रचण्डले भन्नुभयाे। नारायणी, राप्ती लगायतका नदीमा बर्सेनि अाउने बाढीले चितवनमा घरबार बिहिनहरुकाे समस्या बिकराल छ।
चुनाव जितेपछि प्रचण्डकाे ध्यान विजय जुलुस र बधाई थाप्नेमा देखिँदैन। बरु, अाफ्नाे अमूल्य मत दिएर चितवनकाे विकास गर्ने अवसर दिएकाेमा मतदातालाई धन्यवाद दिन जनताकाे घरदैलाेमा हुनुहुन्छ। मतदातालाई धन्यवाद दिने क्रममा अध्यक्ष प्रचण्डकाे रुचि विशेष गरी विकास निर्माणमा देखिएकाे छ।
बुधबार नै अध्यक्ष प्रचण्डले माडी र भरतपुरका विभिन्न वडाहरुमा पुगेर मतदातालाई धन्यवाद दिनुभयाे। घरदैलाेका क्रममा प्रचण्डले चुनावी अभियानका क्रममा गरेका प्रतिवद्दताकाे कार्यान्वयन अाफ्नाे मूख्य प्राथमिकता भएकाेमा जाेड दिनुभयाे। घरदैलाेमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताकाे युग प्रारम्भ भएकाले अब विकासले गति लिने बताउनु भयाे।

कात्तिक ८, २०८१ बिहीबार ८:९:५९