विभिन्न दल परित्याग गर्दै हजारौं नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश(भिडियाे)

कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् । आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् ।

चुनावको निकटतासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको व्यस्तता निकै बढेको छ । उहाँले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहनुभएकाे छ। अध्यक्षले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तीब्र हुने बताउने गर्नुभएकाे छ ।

आज कैलालीमा अध्यक्ष प्रचण्डले भने झैं मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुई सयजना तथा नेकपा एमालेबाट तीन सय नेता तथा कार्यकर्ता प्रवेश  गरेका छन् । जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरी यसअघि नै माओवादीमा प्रवेश गर्नुभएकाे थियाे।

जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरुको ठुलो संख्या माओवादी केन्द्रमा धुब्रीकृत भएका हुन् । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएकाे छ । प्रवेश गर्नेहरुमा कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ ।

असोज ४, २०८१ शुक्रबार १५:३१:१२