विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा माओवादी केन्द्रमा प्रवेश (भिडियाे)

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित हुनुभएको हो। नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभयो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एक प्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले)का रौतहट जिल्ला नेता संजिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट ५०० जना गरी ७०० जना प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई माओवादी केन्द्रमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभयो । उहाँले देशैभर माओवादीप्रति व्यापक जनलहर आएको अध्यक्षको भनाई थियो । उहाँले जनतामा माओवादीमा आर्कषण बढेको उल्लेख गर्दै आगामी दिन यो गति अझै तीब्र हुने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताउनुभयाे।

अध्यक्षले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाले देश र बिकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गर्नुभयो । देशका मधेशी, थारु, आदिवासी लगाएत सवै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उहाँले बताउनुभयो ।

सो अवसरमा अध्यक्षले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी ओली नुवाकोट गएको भन्ने सुनें तर माधव पाण्डेको नेतृत्वमा एमालेका सयौं नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभयो । यो सुखद संयोग हो ।’ पाण्डे नुवाकोटको बेलकोटगढी-१३ का स्थायी बासिन्दा हुनुहुन्छ । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गर्नुभएकाे थियाे ।

असोज ४, २०८१ शुक्रबार ९:३५:२२