विश्वको उच्चस्थानमा रहेको मानव वस्तीमा अध्यक्ष प्रचण्ड (फाेटाे फिचर)

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वकै उच्चस्तरमा रहेको छार्का भोट पुग्नुभएको छ । पूर्वप्रधानमन्त्री र प्रमुख दलका प्रमुख नेताकै रुपमा उपल्लो डोल्पालाई महत्व दिएर त्यहाँ पुग्नुभएकाे अध्यक्ष प्रचण्ड नै पहिलो नेता भएको स्थानीयले बताए ।

२४ कार्तिकमा डोल्पा पुग्नुभएका अध्यक्ष प्रचण्डले चर्चित पर्यटकीयस्थल शे–फोक्सुण्डा तालको पनि अवलोकन गर्नुभएको थियो । उहाँ कार्तिक २५ गते माथिल्लो डोल्पाकै उच्च स्थानमा रहेकाे मानववस्तीमा स्थानीयबासीसँग भेटघाट गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँगै माओवादी संगठन विभागन प्रमुख एवं अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत लगायतले बुधबार डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गर्नुभएको थियो । उहाँले दुनैमा जिल्लास्तरीय कार्यकर्तालाई पनि सम्बोधन गर्नुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ३:२४:१