आजको विश्वमा विचारको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरमा विचारलाई विकास गर्ने सम्भावना बोकेको पार्टी माओवादी मात्र रहेको बताउनुभएको छ । शनिवार दशवटा प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘ हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ ।’

उहाँले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको बताउनुभयो । अध्यक्षले आफूहरू मिसन भड्किएका यात्री जस्ता भएको टिप्पणी पनि गर्नुभयो । माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न आफैंलाई रूपान्तरण जरुरी रहेको उहाँको भनाई छ ।

‘हामी कहीँ न कहीँ उद्देश्यबाट विचलित हुन थालेका हौं कि ? जनयुद्धका बेला जनताका माझमा गरेको प्रतिवद्धता गरेका थियौं। हामीले जे भनेका थियौं, त्यही बाटो हिँडिरहेका छौं त? या हामीले जनतालाई विस्तारै विस्तारै उनीहरूका सपना शहीदहरूका सपना वेपत्ताका त्याग तपस्या पूरा गर्ने तर्फ हामी अगाडि बढेका छौं त?,’ उहाँले भन्नुभयोे, ‘या हामी पनि विस्तारै विस्तारै बुर्जुवा पार्टीको जस्तै भित्र भित्रै गुट बनाउँदै जान थालेका छौं त। हामी कहीँ न कहीँ समस्या देखिएको छ । कहीँ न कहीँ हामी बाटो बिराए जस्तो भएका छौं । हामी कहीँ न कहीँ हाम्रो मिसनमा भड्किएका यात्री जस्ता भएका छौं।’

अध्यक्षले संसदीय राजनीतिमा जाँदा कहीँ न कहीँ धुलो मैलो लागेको स्वीकार गरे । ‘हामी केही न केही विचारमा अस्पष्ट त भएका छौं। हामीभित्र अराजकता बढ्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘तर आजको राष्ट्रिय सन्दर्भ हेर्दाी हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले फेरि राष्ट्रिय एकतालाई अगाडि बढाउन सक्छ । यो महान् आन्दोलनको नेतृत्व गर्ने पार्टी नै हाम्रो हो । हामीले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीको रूपमा समाजवादी आन्दोलनलाई विकास गरेर विश्वलाई समाजवादी अभियान दिनुपर्छ । अरू कुनै पनि पार्टीले गर्न सक्दैन ।’

अध्यक्षले एमालेलाई पञ्चर्यालीको संज्ञा दिँदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताउनुभयो । ‘केही समयअघि तपाईंले देख्नुभयो नि एमालेको महाधिवेशनलाई म पञ्र्च याली भन्दा केही देख्दिन। तपाईंले देख्नुभयो त्यहाँ न विचारको बहस भयो। न त देश बनाउने बहस भयो। खाली त्यहाँ व्यक्ति पूजा गरियो। सिद्धान्त हीनताको प्रदर्शन गरियो। माक्र्सवादको म पनि उच्चारण भएन। समाजवादको स पनि उच्चारण भएन,’ उहाँले भन्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १५:२१:५९