वैचारिक र नैतिक बलले विरोधीलाई जित्नुपर्दछः अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ फागुन । अध्यक्ष प्रचण्डले वैचारिक र नैतिक बलले विरोधीलाई जित्नुपर्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बिहान आयोजित गौरी शंकर खड्का (क. राजेन्द्र) को पाँचौं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, अब फेरी एकचोटी नेपालमा विचारको विकासलाई माथि उठाउन जरुरी छ । हामीले अब पार्टी विचारकै आधारमा बनाउने भनेका छौं ।

अध्यक्षले माओवादीको पहिचान नभई अन्यको पहिचान हुन नसक्ने भन्दै माओवादीको पहिचान दह्रो भए सबै समुदायको पहिचान हुने बताउनु भयो । माओवादीको पहिचान मजबुत बनाउन आफूहरु लागि परिरहेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले गौरी शंकर खड्का विचारमा निष्ठावान र सरल व्यक्तित्वका धनी भएको बताउनु भयो । उहाँले भन्नुभयो, मलाई गौरी शंकरजीलाई पहिलो पटक भेट्दा भरोसायोग्य कार्यकर्ता भेटे जस्तो महशुस भएको थियो । अध्यक्षले उहाँका गुणहरुबाट सिक्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।gaurisankar_memo-72 (2)

कार्यक्रममा पार्टीका कोषध्यक्ष तथा कृषि मन्त्री हरिबोल गजुरेल, १ नं. प्रदेशका इन्चार्ज राम कार्की खड्काकी जीवन संगीनी सीता खड्का, दाजु कुलबहादुर खड्का लगायतले गौरी शंकर खड्काका जीवनका हरेक पक्षका बारेमा चर्चा गर्नुभएको थियो । गौरी शंकर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा नेतृ धर्मशीला चापागाञीको अध्यक्षता रहेको थियो भने रमेश गुरागाञीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।gaurisankar_memo-72 (1)

कात्तिक ६, २०८१ बुधबार ३:३५:४५