व्यवसायको आधुनिकीकरण नै आत्मनिर्भर अर्थतन्त्रको आधार, ‘प्रधानमन्त्री’

पौष २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुनसक्ने बताउनु भएको छ । पोल्टी व्यवसायीहरुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ । व्यवसायको आधुनिकीकरण र बजारीकरणले मात्रै आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । यसका लागि तपाई पोल्टी व्यवसायीहरुले गर्नुभएको प्रयास सकारात्मक छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गर्ने जानकारी समेत दिनुभयो । कार्यक्रममा उर्जा सङ्कट निवारणमा सरकार र प्रधानमन्त्रीले सार्थक पहल गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:१९:१९