शिक्षा नियमावली पारित हुन्छ : प्रधानमन्त्री

चैत्र १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताउनु भएको छ ।
आज बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाईसमेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताउनु भयो । प्रधानमन्त्रीले आवश्यक छलफल गरेर नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनु भयो ।
शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमाबली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुर्नबहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

कात्तिक १०, २०८१ आइतबार ४:११:१९