शिक्षा र स्वास्थ्यलाई एकीकृत ढंगले अगाडि बढाउने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्ट’को रूपमा विकास गर्न लागि पर्ने बताउनुभएकाे छ । भरतपुर अस्पतालको ५९ औ वार्षिकउत्सबको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देशकै मध्यभागमा रही विशाल पूर्वाधार र विशेषज्ञ सेवा सहित मध्य नेपालका जिल्लाहरूका बिरामीहरूलाई सेवा पुराईरहेको बताउँदै यस अस्पताललाई मेडिकल कलेज सहित शिक्षा र स्वास्थ्यलाई एकिकृत ढंगले अगाडी बढाउँन काठमाडौं गए लगत्तै काम थालनि गर्ने समेत बताए ।

अध्यक्षले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण र सेवा विस्तारको लागि आवश्यक पहलकदमी लिइरहेको बताउनुहुँदै भोलिका दिनमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले बिरामीहरूको समयमै गुणस्तरीय ढंगले उपचार गरी नागरिकका स्वास्थ्य सेवालाई सरलीकृत ढंगले अगाडि बढाउन चिकित्सक तथा अस्पताल प्रशासनलाई आग्रह समेत गर्नुभयो । अध्यक्षले सो अवसरमा विरामी कुरूवा घर र एनएक्स ब्लक र ट्रमा सेन्टरको उद्धाटन गर्नुभएको थियो। ५९ औ बार्षिकउत्सवको अवसरमा अस्पतालको विभिन्न विभागमा रहेर उत्कृष्ठ सेवा प्रदान गर्ने चिकित्सक तथा कर्मचारिहरूलाई सम्मान गरेको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १०:१३:३९