शिक्षा व्यवसायिक, प्राविधिक र जनतासंग प्रत्यक्ष जोडिने हुनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकाे शिक्षा प्रणाली व्यवसायिक, प्राविधिक र जनतासंग प्रत्यक्ष जोडिने हुनपर्ने बताउनु भएकाे छ ।  खाध्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्ट्रि य सम्मेलनमा सम्बोधन गर्दै उहाँ  यस्ताे बताउनु भएकाे हाे ।  किसानलाई हेर्ने दृष्टिकोणकाे सुधार पनि शिक्षाबाट नै हुनपर्ने उहाँको भनाई थियो ।

‘शिक्षा नीति राज्यले कसरी विकास गर्छ भन्ने कुराले कृषि वा कृषकको भविष्य कस्तो हुने भन्ने कुराको निर्धारण गर्छ, ’ अध्यक्ष प्रचण्डले भन्नुभयाे  । अनुसन्धानबिना विज्ञान प्रविधिलाई कुनै पनि देश वा हाम्रो देशमा प्रयोग गर्न नसकिने भन्दै हाम्रो देशमा फितलो अनुसन्धान हुनेगरेको उहाँले बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले अबका आगामी दिनमा राम्रा काम गर्ने र पार्टी एकतालाई अन्तिम रुप दिने बताउनुभयाे । उहाँले पार्टी एकता र सरकारको कामको प्रभावकारीतालाई अझै बलियो बनाउने गरी लागेको बताउनु भयाे । उहाँले खाध्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्टिय सम्मेलनलाई गम्भीर रुपमा लिनपर्ने र उनले आफ्नो तर्फबाट सफल बनाउन सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभयाे ।

कात्तिक ९, २०८१ शुक्रबार १४:५:२७