संविधान घोषणाभन्दा पनि मुख्य कुरा कार्यान्वयन होः अध्यक्ष प्रचण्ड

काठमाडौं, १७ चैत । अध्यक्ष प्रचण्डले संविधान घोषण भएर मात्र नहुने उललेख गर्दै यसको कार्यान्वयन मुख्य कुरा भएको बताउनु भएको छ । गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एसोसिएसनसँग आवद्ध व्यवसायीहरुको चुनावी भेलालाई आज अपरान्ह सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘संविधानलाई सर्व स्वीकार्य संविधान कसरी बनाउने भन्ने झनै चुनौति छ ।’ उहाँले न्याया पालिकामा पनि विकृतिहरु आउन थालेका छन् भन्ने छ, यसलाई बारले सुधार्नु पर्ने बताउनु भयो । ठूलाठूला राजनीतिक निर्णयहरुको विपरित न्याय पालिका क्षेत्राधिकार भन्दा बाहिर जाँदा ठूलो नोक्सानी भएको उदाहरण पनि भएको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:७:५१