संविधान दिवसमा प्रधानमन्त्रीको शुभकामना सन्देश

असोज ३, काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधान पनि गतिशील र जीवन्त दस्तावेज भएकाले हाम्रो मुलुकको वस्तुगत परिस्थिति अनुसार यसलाई संशोधन गर्नुपर्ने हुन्छ । र, एकचोटि यसका महत्वपूर्ण अंशमा संशोधन भइसकेको छ भने सरकार अर्को संशोधनका लागि गम्भीरतापूर्वक लागि परेको यहाँहरुलाई विदितै छ । गरिन लागेको संशोधनबाट मधेशी, थारु आदिवासी लगायत समुदायका गुनासाहरुको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुन गै यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु ।’ प्रधानमन्त्रीले ‘सरकारले सबै राजनीतिक दल र सरोकारवालाहरुको परामर्शका आधारमा एउटा सुविचारित तथा वृहत तर कार्यान्ययनयोग्य दृष्टिपत्र (vision paper) र कार्ययोजना ल्याउने सोच बनाएको’ पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।constitution day

कात्तिक ७, २०८१ बुधबार १७:३:५४