संविधान संशोधनको नयाँ प्रस्ताव पारित हुने विश्वास छः प्रधानमन्त्री

चैत २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आज बिहान संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्रीले सकेसम्म सबैको भावना समेट्ने र सहमति जुट्ने गरी संविधान संशोधनको दोस्रो प्रस्ताव तयार गरिएकाले यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले प्रस्तावित विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको बताउँदै आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने स्पष्ट गर्नु भयो । उहाँले मधेशका केही जिल्लामा स्थानीय तहको संख्या केही बढाउन स्थानीय विकास मन्त्रीको नेतृत्वमा समिति बनाएएकाले ती ठाउँमा केही दिन चुनाव पछि सार्न सबैको सहमति हुन्छ भने सरकार तयार रहेको बताउँदै बैशाख ३१ को चुनाव भने नसर्ने स्पष्ट पार्नु भया ।
प्रधानमन्त्रीले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै नेपाल प्रहरीको महानिरिक्षक९आईजीपी० नियुक्ति गरिएको बताएउनु भयो । उहाँले सरकारको निर्णयले अदालतको फैसलालाई सम्मान गर्नुका साथै आईजीपी नियुक्त गर्ने कार्यकारीको अधिकारको पनि रक्षा भएको बताउनु भयो ।
उहाँले अख्तियार प्रमुखको नियुक्तिका लागि संबैधानिक परिषदको बैठक राख्न आफूले पहल गर्ने पनि बताउनु भयो । उहाँले आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहुने सुनिश्चित गर्न मूल्यांकन विधि नै नयाँ बनाउने पनि जानकारी दिनुभयो ।

कात्तिक १०, २०८१ आइतबार २:२२:३४