संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रको हाेः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रको रहेको बताउनु भएकाे छ । गठबन्धनमा सहभागी दलहरूकाे गोरखा–काठमाडौं सम्पर्क मञ्चको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

उहाँले गोरखाको ऐतिहासिकताको संरक्षण गर्दै देशको समृद्धिको अभियान गोरखाबाट सुरु गर्ने बताउनुभयाे । अध्यक्षले अहिलेको निर्वाचन सामान्य रुपमा लिन नहुने स्पष्ट गर्दै निर्वाचनलाई अग्रगमन र प्रतिगमनको लडाईको रुपमा लिनुपर्ने बताउनुभयाे । लोक–वाम गठबन्धन शान्ति सम्झौतादेखि अहिलेसम्मका अधिकार र उपलब्धिको रक्षा गर्ने उदेश्यले बनाइएको उहाँकाे भनाइ थियाे । अध्यक्षले निर्वाचन मार्फत प्रतिगमन तर्फ देशलाई धकेल्ने प्रवृतिलाई परास्त गर्नुपर्ने बताउनुभयाे ।

देशलाई गतिमा लैजान लामो संघर्षपछि बनेको संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने उहाँकाे भनाइ थियाे । अध्यक्षले भन्नुभयाे, ‘संविधानमा संरचनागत सुधार गर्नका लागि हाे । संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको हाे । हामीले पार्टीको घोषणापत्रमा पनि यस बिषयलाई गम्भीरतापूर्वक उठाइएका छाैं ।

उहाँले वर्तमान गठबन्धनलाई शान्ति सम्झौताकै निरन्तरताको रुपमा लिएर निर्वाचनमा होमिन सबैमा आग्रह गर्नुभयाे । शान्ति सम्झौता पछि कांग्रेका केन्द्रीय नेता र माओवादीका नेताहरुबी शान्ति र विकासको सम्बन्धमा गहिरो सम्बन्ध बनेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाई आफूले अभिवावक र गिरिजाले आफुलाई राम्रो सहयात्रीको रुपमा लिने गरेको स्मरण गर्नुभयाे । अध्यक्ष प्रचण्डले गठबन्धनको एकता र महत्वलाई गोरखाबाट देशभर सन्देश दिने गरी लाग्न निर्देशन समेत दिनुभयाे ।

असोज ६, २०८१ आइतबार ७:४८:५३