संशोधन प्रस्ताव अघि बढाउने सरकार र मोर्चाबीच समझदारी

पौष २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठकमा व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने समझदारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालिएको छ । बैठकले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने समझदारी भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार १२:५:१०