संशोधन प्रस्ताव समर्थन गरेर निर्वाचनमा जाऔं, ‘प्रधानमन्त्री’

मंसीर १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गर्नुभएको छ ।
बिहीबार बालुवाटारमा संयुक्त मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले उक्त प्रस्ताव राख्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’
बैठकमा मधेशी मोर्चाका नेताहरुले मधेशका थप मागहरु सम्बोधन हुने गरी संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २३:४२:३६