संसदवादले होइन माओवादले मात्र देशलाई बचाउन सक्छः अध्यक्ष प्रचण्ड (अडियो सहित)

काठमाडौं, १० फागुन । अध्यक्ष प्रचण्डले संसदवादले देशलाई बचाउन नसक्ने र माओवादले मात्र देश बचाउने बताउनु भएको छ । काठमाडौं जिल्ला संगठन समितिद्वारा राजधानीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहँले यस्तो बताउनु भएको हो । भूकम्पले पुर्याएको क्षतिमा गरेको पुनर्निर्माण र संविधान निर्माणमा एमाओवादीले खेलेको भूमिकाको चर्चा गर्दै अध्यक्षले भन्नुभयो, ‘हामी क्रान्तिकारी हौं देश र जनताको पक्षमा उभिने राजनीतिक शक्ति हौं । संकटको बेला जनताको पक्ष छौं भन्ने सन्देश गएको छ ।’ अध्यक्षले भूकम्प पछिको पुनर्निर्माणमा कायम भएको राष्ट्रिय एकताले संविधान निर्माण सम्भव भएको बताउनु भयो ।

उहाँले कार्यकर्ताहरुलाई पार्टीले इतिहास प्रति इमान्दार भएर गरेका उपलब्धीहरुलाई संगठनमा रुपान्तरण गर्न कार्यकर्ताहरुमा निर्देशन पनि गर्नुभयो । उहाँले नेपाली जनताले माओवादीलाई तेस्रो पार्टी बनाए पनि संविधान बनाउने साँचो भने आफूहरुलाई नै दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताले हामीलाई घृणा होइन दण्ड दिएको मात्र हो ।’ उहाँ पार्टीलाई १ नम्वरको पार्टी बनाएर नेपाल राष्ट्रलाई जोगाउनु पर्ने धारणा राख्नुभयो । पार्टीलाई साँगठनीक रुपमा नै मजबुत गराएर, माओवादी धाराहरुलाई एकजुट बनाएर र बामपन्थीहरु बीच सहकार्य गरी १ नं. को पार्टी बनाउन सकिने अध्यक्ष प्रचण्डको धारणा थियो । ‘अब माओवादी पुनर्जीवित नभए राष्ट्र धरापमा पर्छ,‘उहाँले भन्नुभयो, ‘माओवादी एकता हुन्छ, फेरी आयो माओवादी जनतामा जागरण आउँछ ।’

KTM_Schooling_072-11-10 (4)

अध्यक्षले माओवादीले उठाएका नारा लगाएर मधेसमा आन्दोलन गरिएको बताउँदै त्यसको नेतृत्व दलालहरुले गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मधेसी जनताको मुक्तिका लागि हामीहरु युद्धमा हुँदा सत्ताको तर मार्नेहरुले नै आज मधेसको आन्दोलन गरेका छन् ।’ मधेसी जनताको नेतृत्व दलालहरुले गरे त्यो साम्प्रदायिक हुने उहाँको भनाई थियो । उहाँले संविधान बनाए बापत नेपाली जनताले नाकाबन्दीको सजाय पाएको पनि कार्यक्रममा बताउनु भयो । नाकाबन्दी लगाएर नेपाली जनतालाई झुकाउन खोजे पनि उनीहरुले नसकेको अध्यक्षले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्रीको भनाईलाई भारतीय प्रधानमन्त्रीको भनाईले अहिले पनि खण्डन गरिरहेको छ, हामी कसैको दबाब स्वीकार्दैनौं ।’

KTM_Schooling_072-11-10 (2)

एक अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘नेतृत्व कसैको रहरले बन्ने होइन, नेतृत्व भनेको ठूलो कुरा हो, केही साथीहरु नेता बन्ने रहरले पार्टी फोर्नु भएको छ, रहर लाग्दैमा नेता भइँदैन ।’ उहाँले एमाओवादी परित्याग गरेर बाबुराम भट्टराईले बैचारिक अपराध गरेको पनि बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘उहाँको सैद्धान्तिक र राजनीति बिचलन भयो, उहाँले देश र जनताले दुःख पाएको बेलामा त कम्युनिष्ट नभएपनि बुर्जुवा नै भए पनि देशको हितमा बोल्छन् त्यसकारण उहाँले राजद्रोहमा आफूलाई दर्ज गर्नुभयो ।’

कात्तिक ६, २०८१ बुधबार ३:१७:३६