सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने ईच्छा छः अध्यक्ष प्रचण्ड (भिडियाेसहित)

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।  डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गर्नुभयाे ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Saturday, September 7, 2019

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं शताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पूँजी र नोकरशाही पूँजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ? लडाई यहीं छ ।

तपाई कुन कित्तामा हो ? म चै समाजवादी कित्तामा हो ।  म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुँदैन ।’

कात्तिक ८, २०८१ बिहीबार ११:११:२६