सचिवालय बैठकमा ७ नेताको धारणा, अध्यक्षको जवाफ शनिबार

साउन ६, काठमाडौं । सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको पाँचौं दिन शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्टका साथै आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ । बैठकमा हेडक्वार्टरका नेताहरुले आफ्नो धारणा राख्नुभएको हो ।
शुक्रबारको बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, अमिक शेरचन, मणि थापा र टंक राईले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले राजनीतिक एजेण्डामा माओवादीले विजय हासिल गरे पनि संगठनात्मक क्षेत्रमा अपेक्षित सफलता र परिणाम दिन नसकेकोमा जोड दिँदै पार्टी पूनर्निर्माणको आवश्यकताबारे आफ्नो विचार राख्नुभएको थियो ।
शनिबारको बैठकमा पार्टीको आगामी योजनाको प्रस्तावसहित अध्यक्ष क. प्रचण्डले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको छ । बैठक शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

कात्तिक ८, २०८१ बिहीबार १४:१०:१२