सचिवालयको बैठक आब्हान गर्ने माओवादी केन्द्रको निर्णय

असोज ५, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठकले यही असोज ८ गते केन्द्रीय सचिवालयको बैठक आब्हान गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले संगठन सम्बन्धि निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘आज बसेको केन्द्रीय कार्यालयको बैठकमा संगठनबारे छलफल भयो । संगठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ ।’
प्रवक्ता भुसालका अनुसार केन्द्रीय सचिवालयको बैठक असोज ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ ।

कात्तिक ७, २०८१ बुधबार १५:१०:१४