सबैको परामर्शमा नेपाल सम्वत् लागु गर्छु, ‘प्रधानमन्त्री’

कार्तिक १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चाङ्ग निर्णायक समिति लगायत सबैसँग परामर्श गरेर नेपाल सम्वतको व्यवहारिक कार्यान्वयन गर्ने बताउनु भएको छ ।
नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा ललितपुरको पाटन, भक्तपुरको ठिमी र काठमाडौंको बसन्तपुरमा आयोजित अलग अलग कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सम्वत् कार्यान्वयन गर्न सबैसँग परामर्श गर्ने बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सम्वत् नेपालको मौलिक सम्वत् र राष्ट्रिय गौरव हो । अघिल्लो कार्यकालमा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गर्न सफल भएँ । यसपटक कार्यान्वयन गर्ने सोंचमा छु । त्यसका लागि पञ्चाङ्ग निर्णायक समिति लगायत सम्बन्धित सबै पक्षसँग आवश्यक परामर्श गर्छु ।’
कार्यक्रममा प्रधानमन्त्रीले नेपाल विविधतायूक्त एकताले भरिपूर्ण देश भएको भन्दै पहिचान र अधिकारले मात्रै नेपालीहरुको आत्मस्वाभिमान बढ्ने बताउनु भयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, सांसद भीमसेनदास प्रधान, संस्कृतिविद् सत्यमोहन जोशी, प्रा. माणिकलाल श्रेष्ठ लगायतका वक्ताहरुले नेपाल सम्वत् विकासक्रम र यसको मौलिकताका विविध आयामबारे चर्चा गर्नुभएको थियो । _DSC0654_DSC0642_DSC0772

_DSC0694

कात्तिक ६, २०८१ बुधबार ५:१:५८