सबैखाले बिखण्डनवाद राष्ट्रका लागि घातकः : प्रधानमन्त्री

माघ ९, सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैखाले बिखण्डनकारीहरु राष्ट्रका लागि घातक घातक भएको बताउनुभएको छ ।
आइतवार सिरहाको बस्तीपुरमा शहीदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनसहित विभिन्न संघर्षको बलमा प्राप्त परिवर्तन अझै संस्थागत भइनसकेको बताउँदै परिवर्तन संस्थागत गर्दै थप उपलब्धी हासिल गर्न सबै परिवर्तनकारी एकतावद्ध हुनुपर्नेमा जोड दिनु भयो । उहाँले परिवर्तन विरोधीले प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र गरिरहेको भन्दै यसतर्फ पनि परिवर्तनकारीहरु चनाखो बन्नुपर्ने बताउनु भयो ।
मधेश, पहाड र हिमाललाई मिलाएर संविधानलाई गतिशील बनाउन आफू लागि परेको बताउँदै प्रधानमन्त्रीले मधेशको सुरक्षा र सम्बृद्धिका लागि आफ्नो कटिबद्धता ब्यक्त गर्नुभयो । मधेशी जनताले इतिहासदेखि राष्ट्रका लागि खम्बाको काम गरेको बताउँदै प्रधानमन्त्रीले तराईलाई पहाडवाट अलग्याउन खोज्ने वा पहाडलाई मधेशवाट अलग्याउन खोज्ने बिखण्डनकारी सोंचकाविरुद्ध लाग्न आग्रहगर्नुभयो ।
प्रधानमन्त्रीले मधेश, पहाड र हिमाल सबैलाई मिलाएर संविधानको स्विकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै सरकारले छिट्टै स्थानीह तहको निर्वाचन घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सम्बोधन गर्नुअघि प्रधानमन्त्रीले जनयुद्धका शहीदहरु रामशरण नायक, हजारी यादव, दिलिपकुमार यादव र रामप्रसाद यादवको शालिक अनावरण गर्नुभयो ।
प्रधानमन्त्री आइतवार सिरहाको गोलबजारमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री विश्वनाथ शाहकी आमा श्री सागरदेवी शाहको स्मृतिमा आयोजित श्रद्धान्जली सभामा सहभागी हुनुभयो । सो अवसरमा प्रधानमन्त्रीले आमा सागरदेवीमा विशिष्ट गुण भएको बताउँदै उहाँको सामाजिक योगदान तथा राजनीतिक संस्कारको चर्चा गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:५९:१७