‘समाजवाद निर्माणको अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार राख्नुपर्छ’ (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद निर्माणको महान अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार पार्न सक्नुपर्ने बताउनुभएको छ । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले विद्यार्थीहरु नै कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी भएको बताउनुहुँदै आफ्नो आशा पनि विद्यार्थीहरु नै भएको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं, ‘अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ ?”

अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउनुहुँदै जनताको जान आव्हान पनि गर्नुभयो । उहाँले भन्नुभयो, “ टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न अनुरोध गर्दछु। जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौं, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं,। अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ ।”

अध्यक्ष प्रचण्डले भने, “अहिले समाजमा विचार र सिद्धान्तको महत्व चलेको छ । क्रान्ति र निष्ठा स्खलित भएको भन्ने चर्चा चलेको छ । तपाईहरुले विचार सिद्धान्तको महत्वलाई क्रान्तिलाई निरन्तर अगाडि बढाउने कुरा, समाजवाद निर्माणको कुरालाई उच्च प्राथमिकता दिन म अपिल गर्दछु। विगतमा प्रतिगमनका विरुद्ध संघर्ष गरी पराजित गरेको सम्झँदै अगामी निर्वाचनमा यो देशको राजनीतिलाई देश र जनताको आवश्यकता राष्ट्रिय स्वाधिनतादेखि आर्थिक विकास र समृद्धिको कुरालाई नयाँ उचाईमा पुर्याउन आबस्यक रहेको छ ।”

कात्तिक ७, २०८१ बुधबार १८:१०:३९