समाजवादी पार्टीका सहायक प्रवक्तासहित दर्जनौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं । समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । रिजालसहितका नेता तथा कार्यकर्तालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक कार्यक्रमका बीच स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ हामीले लामो संघर्ष र बलिदान पछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यो संविधान अनुसार तीन तह (स्थानीय, प्रदेश र संघीय तह) को निर्वाचन पनि हामीले सफलतापूर्वक सम्पन्न गर्यौं । नेपालको इतिहासमा पहिलो पटक राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बन्यो । ’

वर्तमान राजनैतिक स्थायित्व नेपाल राष्ट्र र नेपाली जनताकाे निम्ति ठूलाे अवसर भएकाे उल्लेख गर्दै यसलार्इ कुनै पनि हालतमा गुम्न दिनु नहुने उहाँकाे भनाइ थियाे । ‘वर्तमान राजनैतिक स्थायित्वलाई नेपाल राष्ट्र र नेपाली जनताका लागि ठूलो अवसर हो । यो अवसरलाई हामीले कुनै पनि हालतमा गुम्न दिनु हुँदैन । यसलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्दछ । देशको आर्थिक समृद्धि, जनताको खुसी, सुख र समाजवादको आधार तयार निर्माण गर्नको निम्ति एकतावद्ध हुनुको विकल्प छैन, ‘ उहाँले भन्नुभयाे ।

उहाँले नेपाल इतिहास र राजनैतिक आन्दोलनको पनि विशिष्ट क्षण र मोडबाट गुज्रिएको बताउनुहुँदै लामो संघर्ष र बलिदान पछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएको बताउनुभयो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव नेपाल र नेता जनार्दन शर्माकाे पनि उपस्थिति रहेकाे थियाे ।


पार्टी प्रवेश गर्दै रिजालले समाजवादी पार्टीले जनचाहनाअनुसार काम गर्न नसकेको र क्षेत्रीय दलको रुपमा आफुलाई सीमित राखेकाले पार्टी परित्याग गरेको बताए । रिजालसहित खोटाङ, उदयपुर र सुनसरीका दर्जनौँ नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका रिजालले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेहरुको नामावली यसप्रकार छ ।

कात्तिक ७, २०८१ बुधबार ९:७:२७