समानुपातिक सांसदबारे कुनै निर्णय गरिएकाे छैन, “प्रचण्ड”

पुस ८, भैरहवा। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेकाे बताउनु भएकाे छ।
“अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे छैन” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “तपाईहरु त्यसकाे भ्रममा नपर्नुहाेला। निर्वाचन अायाेगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।”
“एक-दुई जनाले विराेध गरेर पार्टी एकता राेकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसकाे विराेध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादकाे रेल अघि बढ्छ” प्रचण्डले भन्नुभयाे, “काे नेताले के भने, त्यसकाे पछि नलाग्नुस्। एमाले-माअाेवादीमा एकता मन नपराउने एकाध मान्छे हाेलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।”
अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल “बलदेव”काे सम्मानमा माअाेवादी केन्द्र रुपन्देहीले अायाेजना गरेकाे कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएकाे विवाद छिटै अन्त्य हुने प्रचण्डले बताउनु भयाे। उहाँले भन्नुभयाे, “बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ। अब देश राजनीतिक गतिराेध अन्त्य गरेर अघि बढ्छ।”

कात्तिक ८, २०८१ शुक्रबार ०:६:५३