समृद्धि र बिकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशलार्इ समृद्धि र बिकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएकाे छ । मोरङमा शुक्रबार आयोजित  शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयाे, ‘अहिले पनि  नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टीभित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ । ‘

उहाँले पार्टी एकतालार्इ बलियाे बनाएर मात्रै राष्ट्रलार्इ बलियाे बनाउन र समृद्ध नेपाल सुखी नेपालीकाे अाकांक्षा पुरा गर्न सक्ने बताउनुभयाे । अध्यक्षले बिचार मिलेर नै पार्टी एकता भएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी अगाडि बढ्न खाेजीरहेका छाैं । अगाडि बढ्दा इतिहासलार्इ मेटेर हाेइन, इतिहासका राम्रा कुरालार्इ अात्मासात गरे अझ माथि उठ्ने हाे ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताउनुभयाे ।

उहाँले यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाँकाे भनार्इ थियाे । उहाँले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भन्नुभयाे, ‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ । ‘

माघ ६, २०८१ आइतबार ११:५५:३५