समृद्धि र स्थीरताका लागि क्रियाशील हुने प्रचण्डकाे प्रतिवद्दता

कार्तिक २७, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफ्नाे बाँकी जीवन राजनीतिक स्थीरता र समृद्धिका लागि अर्पण गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे छ।
चुनावी अभियानका क्रममा साेमबार भरतपुरका विभिन्न स्थानमा अायाेजित सभाहरुलाई सम्बाेधन गर्दै प्रचण्डले उक्त प्रतिवद्दता व्यक्त गर्नुभएकाे हाे। चुनावी अभियानका क्रममा भरतपुरका सितापुर, पार्वतीपुर, कृष्णचाेक, जगतपुर, नयाँ बस्ती लगायतका स्थानमा अायाेजित सभाहरुलाई प्रचण्डले सम्बाेधन गर्नुभएकाे हाे।
सभामा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “मैले १० वर्ष विचार निर्माण र परिवर्तनकाे अान्दाेलनकाे तयारीमा बिताएँ। १० वर्ष जनयुद्धमा बिताएँ, पछिल्लाे १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माणमा बिताएँ। अब हामीलाई युद्ध गर्नु छैन, अान्दाेलन गर्नु पनि छैन। १० वर्ष त पक्कै बाँचिन्छ हाेला, अब मेराे जीवनकाे सम्पूर्ण शक्ति विकास र समृद्धिमा खर्च गर्ने संकल्प गरेकाे छु। स्थीर सरकार बनाएर विकास र समृद्धिमा गुणात्मक फड्काे मार्नुबाहेक मेराे अरु कुनै सपना छैन।”
“विचार मिल्नेहरुकाे नै एकता हुन्छ। कांग्रेस र एमाले बीच एकता हुँदैन, कांग्रेस र माअाेवादी बीच पनि एकता हुँदैन” प्रचण्डले भन्नुभयाे, “मिल्ने कम्युनिष्ट-कम्युनिष्ट नै हाे। हाम्राे एकताबाट तरङ्गित हुन जरुरी छैन। हामी शान्तिपूर्ण रुपमै अघि बढ्छौं। समाजवादकाे यात्रा शान्तिपूर्ण रुपमै जान्छ। कांग्रेसका नेताहरुले हामीलाई गाली गर्ने हाेइन, कांग्रेसले पनि उद्देश्य मिल्नेहरुसँग एकता गर्नु राम्राे हुन्छ।”
साेमबारकाे चुनावी अभियानका क्रममा राप्रपा प्रजातान्त्रिक परित्याग गरि १७५ जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। अभियानका क्रममा अध्यक्ष प्रचण्डले सुकुम्बासी र युवाहरुले उठाएका विकासका मुद्दाहरुलाई सम्बाेधन गर्नुभएकाे थियाे।

कात्तिक ७, २०८१ बिहीबार २:१८:३९