सम्वाद जारी राख्ने शीर्ष नेताहरुबीच समझदारी

पौष ४, काठमाडौं । प्रमूख दलका शीर्ष नेताहरुबीच संविधान संशोधन, स्थानीय निर्वाचन, महाअभियोग लगायतका राजनीतिक विषयमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ । सभामूख ओनसरी घर्तिको आब्हानमा सिंहदरबारमा बसेको बैठकले सहमति खोज्न सम्वाद जारी राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्रीले प्रमूख दलहरु मिलेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राख्नुभएको थियो । बैठकमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको बिकल्प नभएकोमा जोड दिँदै संविधान संशोधन, महाअभियोग, निर्वाचन लगायतका राजनीतिक विषयमा प्याकेजमै सहमति जुटाएर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो ।
बैठकमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर छलफल अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । शीर्ष बैठकले दलहरुबीच सम्वाद जारी राख्दै सहमतिमै अघि बढ्ने समझदारी भएको बैठकपछि नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।

कात्तिक ७, २०८१ बिहीबार २:१८:२६