सरकार, मधेशी मोर्चा र संघीय गठबन्धन बीचको बैठक बालुवाटारमा जारी

कार्तिक १४, काठमाडौं । सरकारमा सहभागी राजनीतिक दल, मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरु बीचको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा संविधान संशोधनमा साझा धारणा बनाउने विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोककुमार राई, महेन्द्र राय यादव लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

कात्तिक ७, २०८१ बुधबार ६:२५:२७