सरकार र मधेशी मोर्चाको बैठक सम्पन्न, संशोधन प्रस्ताव अघि बढाउने सहमति

मंसीर ८, काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न आज विहान बालुवाटारमा बसेको सरकार र मधेशी मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीलाई जिम्मा दिएको छ । बैठकमा प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गरिने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राख्नुभएको थियो । प्रधानमन्त्रीको प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरुले यसप्रति सकारात्मक धारणा राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार २३:३४:४६