सरकार र मधेशी मोर्चाबीचको बैठक सम्पन्न

माघ १७, काठमाडौं । संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गर्नुभएको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
बैठकले संविधान संशोधन प्रस्ताव, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन र स्थानीय तहको निर्वाचनबारे सघन छलफल गरेर १/२ दिनभित्रै टुंगोमा पुग्ने समझदारी भएको छ । बैठक निकै सौहार्द र सकारात्मक भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

 

कात्तिक ७, २०८१ बुधबार ७:११:४