सरकार सुशासन, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरिहेको छः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरिहेको बताउनुभएकाे छ ।

आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएकाे हाे ।

अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन कि भनेर एकथरि विक्षिप्त भएको उहाँले बताउनुभयाे । कोसीमा गठबन्धनलाइ नै विभाजन गर्ने कोसिस निस्तेज पारिएको बताउँदै अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उहाँले बताउनुभयाे ।

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उहाँको भनाइ छ । मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनसँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयाे । देशबाहिर रहने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभएर नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उहाँले जानकारी दिनुभयाे ।

कात्तिक ७, २०८१ बुधबार १२:१३:१७