सर्वदलीय सहमति भएको स्थानीय तह यताउता हुँदैन, ‘प्रधानमन्त्री’

२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमति भएका पठाएका स्थानीय तह यताउता नहुने बताउनु भएको छ । प्रधानमन्त्रीले आयोगको मापदण्ड नै सर्वदलीय सहमति भएकोले सर्वदलीय सहमति भएर पठाएका स्थानीय तह यताउता नहुने बताउनुभयो ।
रुकुमको पुठा गाउँपालिका सरोकार समितिसंगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । ‘यहाँ निगाहले चल्नेवाला छैन । तर, सर्वदलीय सहमति आयोगको पनि टिओआरभित्र पर्ने भएकोले सर्वदलीय सहमति भएका तहको सन्दर्भमा करेक्सन हुनसक्छ’ उहाँले भन्नुभयो ‘मेरो पनि रुकुमको सन्दर्भमा हुनुप¥यो भन्ने छ ।’
प्रधानमन्त्री प्रचण्डले धेरै थपघट गर्न नसकिने भएपनि जहाँ नमिलेको छ त्यहाँ मिलाउन सकिने बताउनुभयो । ‘यस विषयमा संविधानविद र कानुनविदसंग पनि सल्लाह लिएका छौँ, जहाँ नमिलेको छ त्यहाँ मिलाउनुपर्छ भन्ने छ’ उहाँले भन्नुभयो ।
रुकुममा पुठा गाउँपालिका सहित १० स्थानीय तह बनाउने सर्वदलीय सहमति भएपनि जिल्लाबाट पठाएको विवरण आयोगले परिवर्तन गरी पुठा गाउँपालिकालाई हटाएको भन्दै स्थानीयले बिरोध गरेका छन् । रन्मामैकोट, हुकाम र जाङ्ग ८ र ९ मिलाएर पुठा गाविस नभएमा गाउँपालिकामा जनताले दुःख पाउने सरोकार समितिका संयोजक केशरमान रोकायाले बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ११:१६:५७