सहमतिबिना नियुक्ति नगर्न अध्यक्ष प्रचण्डकाे अाग्रह

पुस १, काठमाडौं। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई अाग्रह गर्नुभएकाे छ।
शनिबार बिहान बालुवाटारमा भएकाे भेटमा निर्वाचनले नयाँ जनादेश दिएकाे सन्दर्भमा कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रधानमन्त्रीलाई अाग्रह गर्नुभएकाे हाे। भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रिलाई सचेत गराउनु भएकाे छ।

कात्तिक ८, २०८१ बिहीबार १२:११:४६