‘सहिद, बेपत्ता परिवार, घाइते योद्धा र आम जनताको योगदानका कारण माओवादी एकता’

सुर्खेत, २८ जेठ । अध्यक्ष प्रचण्डले माओवादी एकता सहिद परिवार, बेपत्ता परिवार घाइते योद्धा र आम जनताको योगदानका कारण सफल भएको बताउनु भएको छ । सुर्खेतमा आज आयोजित ६ नं. प्रदेशको एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी एकताको यो ठूलो अभियान हो, माओवादी आन्दोलनलाई नयाँ ठाउँ र नयाँ निश्कर्षमा पुर्याउनै पर्दछ, यसको निम्ति हामी सबैले संकल्प गर्नै पर्दछ । हामी विभाजित हुँदा दुश्मनको मनोवल बढ्यो, जनता निराश भए । हरेक १० वर्षमा नयाँ संंकट श्रृजना भएको हुन्छ । यदि नयाँ विचार सहितको नयाँ नेतृत्व नयाँ पार्टी छ भने त्यो संकटलाई क्रान्तिकारी तरिकाले सामना गर्न सक्दछ । देश समाजवादमा प्रवेश गर्दैछ र वैधानिक रुपले नै समाजवाद उन्मुख भनिएको छ । अबको १० वर्ष माओवादी आन्दोलनको एकीकरण र केन्द्रिकरणको वर्ष हुनेछ । अबको १० वर्ष समाजवादी क्रान्तिको १० वर्ष हुनेछ । विश्वमा जति पनि कम्युनिष्ट क्रान्ति भएका छन्, ति सबै छलाङमा भएका छन् । यि सबै छलाङमय क्रान्तिको ब्याज खाएर बस्ने मानिस कम्युनिष्ट हुनै सक्दैन ।’

surkhet-cm2Surkhet-cmSurkhet_CM2

कात्तिक ८, २०८१ बिहीबार ९:२:३