साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुन्छ, ‘प्रधानमन्त्री’

  • असोज ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुने बताउनु भएको छ ।
    आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ९ औं प्राज्ञ सभाको समुद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रा प्राकृतिक सम्पदाहरु सङ्गीत, कला र साहित्यका उर्भरभूमि हुन् । राष्ट्रिय विविधता हाम्रा कला, साहित्यका गौरव हो । साहित्य, कला र सङ्गीतले जीवनलाई रसपूर्ण र उर्जाशील बनाएका छन् । साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुन्छ ।’
    प्रधानमन्त्रीले नेपाल कला, साहित्य र सङ्गीत अथाह र विश्वव्यापी रहेको भन्दै नेपाली कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रो कला, साहित्य र सङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । त्यसका लागि नेपालमा रहेका दुताबासमा साहित्य, कला र सङ्गीत क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व गराएर यसको अन्तर्राष्ट्रिय प्रचारका लागि मैले सम्भव प्रयत्न गर्नेछु ।’
    सभामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त, सदस्य सचिव गणेश रसिक, सङ्गीतकार शम्भूजित बाँस्कोटा लगायतका वक्ताहरुले सङ्गीत र कलाको महत्व र प्रतिष्ठानले गरेका गतिविधिहरुको चर्चा गर्नुभएको थियो । _DSC1104_DSC1113_DSC1124_DSC1127

कात्तिक ८, २०८१ बिहीबार १६:१२:५४