सि.सं. १२ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज–२०७३ मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सम्बोधन

यस कार्यक्रममा उपस्थित माननीय मन्त्रीज्यूहरु,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष,
राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत,
नेपाली सेनाका प्रधान सेनापति,
नेपाल सरकारका सचिवहरु,
राष्ट्रिय सेवा दलका प्रमूख सल्लाहकार तथा पदाधिकारी,
विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं उपस्थित भद्र महिला तथा सज्जनवृन्द ।

सर्वप्रथम, नेपाल सरकारको युवा सशक्तिकरणको राष्ट्रिय कार्यक्रमअन्र्तगत श्री राष्ट्रिय सेवा दलद्धारा सञ्चालित १०० दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी आज दीक्षित हुनुहुने १२ औंं ब्याच सिनियर डिभिजनका सम्पूर्ण क्याडेट छात्र÷छात्राहरुलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, तपाई छात्र÷छात्राहरुले फूर्ति र जोसका साथ प्रदर्शन गर्नु भएको आजको कवाजको प्रशंसा पनि गर्दछु ।
आजको यस दीक्षान्त कवाजमा प्रमूख अतिथिका रुपमा सहभागी भइरह“दा मेरो विद्यार्थी जीवनकालमा मैले पनि सेवा दलको तालिम लि“दाका दिनहरु मिठोसँग याद आइरहेका छन् । युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोे¥याउन मेरो जीवनमा उक्त तालिमले खेलेको भूमिका कदापि नजरअन्दाज गर्न सक्दिनँ । तपाईहरुले पनि यस तालिमका दौरान छोटो समयमा कडा परिश्रम, लगनशीलता र उत्सुकताका साथ सिक्नुभएका सैनिक तथा विविध व्यवहारिक ज्ञानहरुले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको छ भन्ने आशा लिएको छु । यस तालिममा सिक्नुभएका विषयहरुको जगमा टेक्दै भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा यहा“हरु स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिने छ ।

नेपाल सरकार युवाहरुलाई राष्ट्रिय एकता र राष्ट्रको भविष्य बहन गर्न सक्ने नागरिकका रुपमा विकास गर्दै लैजानका लागि विभिन्न खालका कार्यक्रम तथा तालिमहरु सञ्चालन, संरक्षण र प्रवद्र्धन गर्न सदैव प्रतिवद्ध छ । नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा अन्य सरकारी कार्यक्रमहरुमा समेत राष्ट्रिय सेवा दलमार्फत् यूवाहरुको विकास र क्षमता अभिवृद्धिमा विशेष महत्व दिँदै आएको छ । विगतमा निक्कै सीमित स्थान र संख्यामा मात्र सञ्चालन हुँदै आएको यस सेवा दलको तालिम अहिले बिस्तारित हुँदै करिब ६६ जिल्लामा विस्तार भइसकेको र निकट भविष्यमा ७५ जिल्लामा नै बिस्तार हुन लागेको जानकारी पाउँदा म अत्यन्तै खुसी छु । राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवाहरुलाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, बफादारिता, राष्ट्रिय एकता र विपद व्यवस्थापन सम्बन्धी ज्ञान दिलाउन सकेको खण्डमा हाल बढ्दो युवा पलायनलाई रोक्न सकिने तथा राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ । सामान्य विपदका बेलादेखि ठूला स्तरका प्राकृतिक बिपत्तिहरु, दुर्घटनाहरु लगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिहरुले अमूल्य योगदान दिन सक्ने भएकाले नेपाल जस्तो विपदको उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको छ ।
अहिलेको मुलूकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा मैले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको छु । शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्तिहरु नीति निर्माण तहमा पहु“च राख्न नसक्ने हुँदा अथाह सम्भावनाका वावजूद पनि मुलूकले विकासमा फड्को मार्न सकेको छैन । यो राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै देशभक्त युवा नागरिकहरुको एउटा ठूलो हिस्सा तयार पार्ने कार्यका लागि हालसम्म सेवा दलले खेलेको भूमिकाको म कदर गर्न चाहन्छु । साथै, यस किसिमको तालिमलाई मुलूकको मानवस संशाधनको विकासको एउटा भागको रुपमा देशभर नै बिस्तार गर्दै लैजाने यहाँहरुको बृहद् योजनाको पनि म सह्राना गर्दै यसका लागि नेपाल सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु ।

शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु । ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु । ७५ जिल्लामा तालिम बिस्तारका लागि सोहीस्तरको भौतिक पूर्वाधार जनशक्ति र बित्तीय स्रोतको आवश्यकता पर्दछ । यसर्थ राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत म यसै अवसरमा सेवा दलको तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशित गर्दछु, कि मानव साधनमा गरिने खर्च लगानी हो, खर्च होइन ।
अन्त्यमा, सफलतापूर्वक तालिम पूरा गरी दीक्षित हुनुभएका तपाई क्याडेट छात्र÷छात्राहरुको भविष्य उज्वल बनोस्, पून एकपटक सफलताको कामना गर्दछु । साथै विशेष रुपमा यस सेवा दलको तालिमलाई लोकप्रिय र स्थापित गर्न नेपाली सेनाले खेलेको भूमिकाको उच्च प्रशंसासहित नेपाली सेनाका वर्तमान प्रतिनिधि तथा विगतमा समेत अमूल्य योगदान दिनुभएका सम्पूर्ण सेनाप्रमुखहरु र सकल दर्जालाई धन्यवाद दिन चाहन्छु । किनकि, नेपाली सेनाको पूर्ण रुपमा साथ, सहयोग, भरोसा र मार्गदर्शन बिना राष्ट्रिय सेवा दलको यो तालिमलाई अहिलेको बृहद् स्तरमा पु¥याउन सम्भव थिएन र छैन । यस्तै, सेवा दललाई गति प्रदान गर्दै आम युवाहरुको आकर्षणको केन्द्र बनाउदै लग्नुभएकोमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकारलाई पनि बधाई दिन चाहन्छु । साथै, तालिम सञ्चालन गर्ने शिक्षक वर्ग, बन्दोबस्तीमा सहयोग पु¥याउनु हुने विद्यालयहरु, अभिभावक, स्थानीय निकाय, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु, धन्यवाद ।
२३ फागुन, २०७३ लगनखेल

कात्तिक ७, २०८१ बुधबार ९:४:२७