सिन्धुपाल्चोकका राप्रपा नेताहरु माओवादी केन्द्रमा

२७, जेठ । सिन्धुपाल्चोकका राप्रपा नेता कोर्जे तामाङ सहितका जिल्ला स्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपाका जिल्ला कमिटी सदस्य तामाङ सहितका नेताहरु शनिबार नै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र प्रवेश गर्ने अन्य नेताहरुमा भूतपूर्व गाबिस अध्यक्ष सिङ्गी तामाङ, भूतपूर्व गाबिस उपाध्यक्ष विष्णुलाल श्रेष्ठ, क्षेत्रीय सदस्य ङावाङ लामा, नेताहरु भोटे वाइवा तामाङ, सेते तामाङ, बीरेन तामाङ, अरब तामाङ, लड्पा तामाङ, सुरज तामाङ, सुकमान तामाङ रहेका छन् ।
त्यस्तै माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा भानुदास श्रेष्ठ, गिमिरे तामाङ, फुरसिंगे शेर्पा, बोलबहादुर तामाङ, बीरबहादुर तामाङ, डक्पो लामा, दलबहादुर तामाङ, दामा तामाङ झाँकी रहेका छन् । त्यसै गरी एमालेका संगठित सदस्य दावा तामाङ, नेपाल गुजारियो कराँतेका सुरेश मगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार ६:११:५२