सिन्धुपाल्चोककाे बाह्रविसेमा पहिराेबाट भएकाे जनधनकाे क्षतिप्रति अध्यक्षबाट दुःख व्यक्त

शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।

शोक वक्तव्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ ।
उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहनुभएको छ । पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।
यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।
यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।
शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

२८ भदौ, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ७, २०८१ बुधबार ७:५:५१