स्थायी समिति बैठकमा केन्द्रीय समितिका एजेण्डाबारे छलफल

काठमाडौं, ४ चैत । पार्टीको स्थायी समिति बैठकमा केन्द्रीय समितिका एजेण्डाबारे छलफल भएको छ । बिहान ८ बजेबाट अध्यक्ष निवास लाजिम्पाटमा बसेको आजको बैठकमा पार्टीका प्रदेश इन्चार्ज र सेक्रेटरीहरुको पनि उपस्थिति रहेको थियो ।

बैठकमा समसामयिक राजनीतिका साथै पर्सीबाट सुरु हुने केन्द्रीय समिति बैठकका बिषयमा छलफल भएको थियो । प्रदेश इन्चार्ज र सेक्रेटरीले आ–आफ्नो प्रदेशको बारेमा रिपोर्ट पेस गर्नुभएको बैठक पश्चात पार्टीका महासचिव कृष्णबहादुर महराले बताउनु भयो । पार्टीको पर्सीबाट केन्द्रीय समिति बैठक सुरु हुने भएको छ ।

कात्तिक ८, २०८१ शुक्रबार ४:९:२५