स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहलकदमी

भदौ २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान एवम् डा. गोविन्द केसीले उठाएका मागको सम्वोधनका लागि पहलकदमी लिनुभएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिनु भयो ।

असोज ८, २०८१ मंगलबार ९:१६:८