सिन्धुलीमा १४ औं विशाल–कुमार स्मृति दिवस सम्पन्न (फाेटाे फिचर)

सिन्धुली, २० भदौ । १४ औं विशाल–कुमार स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ‘प्रचण्ड’काे उपस्थितिमा अाज एक कार्यक्रमकाबीच सिन्धुली जिल्लाको मरिणमा सम्पन्न भएकाे  छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महान् सहिदहरूको योगदानले देशमा लोकतान्त्रिक गणतन्त्र आएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको बलिदानी निरंकुश राजतन्त्रको अन्त्य गर्न सकिएको हो ।” दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले आज देशमा कम्युनिष्ट पार्टी शक्तिशाली भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

रोल्पाका फुल्टश्रवाङमा भएको विस्तारित बैठक सकेर सिन्धुली फर्कने क्रममा आजकै दिन विशाल–कुमारलाई तत्कालीन शाही सेनाले सिराहाको धन्सवारमा गोली हानी हत्या गरेको थियो । कार्यक्रममा अध्यक्षले मरिण कृषि क्याम्पसको भवनको शिलान्यास समेत गर्नुभएको थियो । अध्यक्षले आज नै मरिण पुलको समेत उद्घघाटन गर्नुभएको छ ।

कात्तिक ७, २०८१ बिहीबार २:२५:५६