२०७४ साल संविधान कार्यान्वयनकाे वर्ष हाे, “प्रचण्ड”

असाेज ८, मान्म कालिकाेट । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ साल संविधान कार्यान्वयन र चुनावी वर्ष भएकाे बताउनु भएकाे छ ।
कालिकाेटकाे मान्ममा अायाेजित पत्रकार भेटघाटमा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हामीले प्रगतिशील र संघीय गणतन्त्रकाे संविधान बनाएका छौं । अहिले हामी संविधान कार्यान्वयनकाे चरणमा छौं । २०७४ साल संविधान कार्यान्वयनकाे वर्ष हाे, चुनावी वर्ष हाे । संविधान कार्यान्वयनले मात्र राजनीतिक स्थिरता हुन्छ, विकास र समृद्धि हासिल हुन्छ । संविधान कार्यान्वयनकाे मेराे अभियान सफल हुँदैछ, म निकै खुसी छु, संघ र प्रदेशकाे चुनाव पनि शान्तिपूर्ण रुपमै सम्पन्न हुन्छ ।”
“म प्रधानमन्त्री हुँदा एकथरी साथीहरुलाई निकै ठूलाे डर थियाे । प्रचण्डले देशै बर्वाद पार्छ भन्ने प्रचार पनि थिए, अध्यक्ष प्रचण्डले भन्नुभयाे, “तर मैले दस महिना जुन मेहेनत गरें, त्यसले ती सबै भ्रम र प्रचार अन्त्य भए । हामी क्रान्तिका लागि मात्रै हाेइन, विकास र समृद्धिका लागि पनि सिपालु छौं, याे कुरा पुष्टि भइसकेकाे छ । माअाेवादी बिना देशकाे विकास हुँदैन भन्ने प्रमाणित भएकाे छ ।”
“सबै जिल्लाका साथीहरुले चुनावमा उम्मेद्वार भएर अाउन अाग्रह गर्नुभएकाे छ, प्रचण्डले भन्नुभयाे, “पहिलाेपटक काठमाडौं र राेल्पाबाट लडें, दाेस्राेपटक मधेशबाट जितें । अहिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने भएकाले चितवनबाट लड्दैछु ।”
अध्यक्ष प्रचण्डले माअाेवादी कर्णालीकाे विकासका लागि सम्वेदनशील भएकाे बताउनु भयाे । प्रचण्डले भन्नुभयाे, “कर्णालीकाे विकासका लागि माअाेवादी प्रतिवद्द छ । विकास, निर्माण र जनताकाे जीवनमा परिवर्तन ल्याउन विशेष जाेड हुनेछ । पिली पनि नेपाली जनयुद्धको एेतिहासिक ठाउँ हाे । संघीय गणतन्त्रमा पुग्न पिली घटनाकाे महत्वपूर्ण भूमिका छ । पिलीलाई युद्द पर्यटन र संग्रहालयकाे विकास गर्नेछौं । साथै जनताकाे जीवनस्तर उकास्ने काममा प्राथमिकता दिनेछौं ।”

कात्तिक १०, २०८१ शनिबार १४:१६:५४