अध्यक्ष .क प्रचण्डद्वारा जारी माघीको शुभकामना

maghi_suvakamana_072-10-01शुभकामना

नेपालका थारु तथा मगर समुदायले विशेष रुपमा तथा सम्पूर्ण नेपालीले मनाउने माघी पर्वको अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक नयाँ कामको शुरुवात गर्ने, समस्याहरुको समाधान गर्दै आउने चुनौतिको सामना गर्ने तयारीको रुपमा मनाइने यस परम्परागत माघी पर्वले नेपालको विविध संस्कृति र समुदायका बीचमा अझ बढी सद्भाव र सहकार्यको वातावरण बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।

जनताका अधिकार सुनिश्चित गर्ने संविधानको सफल कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट अगाडि बढ्न जनसमक्ष हार्दिक अपील गर्दै सम्पूर्ण थारु, मगर तथा आम जनसमुदायमा हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) केन्द्रीय समितिको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माघ १, २०७२
………………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

माघ १९, २०८१ शनिबार ९:५१:४८