एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपा अध्यक्ष ठाकुरबीच छलफल सम्पन्न

काठमाडौं, १६ पुस । एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच आज साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ । साँझ ५ बजेबाट ६ बजेसम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दोलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भएको छ । छलफल गम्भीर र सकारात्मक भएको थियो । अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग थप छलफल गरी पुनः तमलोपा अध्यक्षसँग छलफल गर्ने हुनुभएको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:२५:१७