दाङ, २६ पुस । अध्यक्ष क. प्रचण्डले ५ नं. प्रदेश समितिको पहिलो पूर्ण बैठकमा उक्त प्रदेशका नेता तथा कार्यकर्तालाई वर्ग, जनता पार्टी र विचारप्रति निष्ठावान बन्न निर्देशन दिनुभयो । अध्यक्षले भन्नुभयो, ‘वर्ग, जनता पार्टी र विचारप्रति निष्ठावान बन्न विचारको सहीपना र नेतृत्वलाई अझै पहलकदमी लिन सक्ने बनाउन र जनतासँगको सम्बन्ध सुदृढ गर्न हामी सबैले पहल गर्न अनिवार्य छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘योे दशकलाई समाजवादी क्रान्तिको दशक बनाउन सबै दृढ बनौं । मुख्य कुरा समाजवादी क्रान्तिको तयारी गर्ने कुरा नै हो । कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्तलाई दह्रोसँग पक्रिऔं । हामी रुपान्तरण हुन्छौं भन्ने संकल्पबाट अगाडि बढौं । मूल नेतृत्व र नेतृत्वको टीम अधिकतम जनताको बीचमै रहन्छ । अध्यक्ष क. प्रचण्ड पाँच नम्बर प्रदेशको बैठक तथा राजनैतिक प्रशिक्षणका क्रममा शनिवार दाङ पुग्नुभएको हो ।