कमरेड महादेव यादवको निधनले अपूरणीय क्षतिः अध्यक्ष प्रचण्ड

महान् जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको छ भने हाम्रो पार्टीले समर्पित सहकर्मी गुमाएको छ । कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।

शोक वक्तव्य

हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड महादेव यादवको निधनको खबरले दुःख लागेको छ । दिवंगत कमरेड यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

उहाँले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएको थियो । २०४८ सालमा जागिर छोडेर कमरेड यादव तत्कालिन जनमोर्चाको तर्फबाट बालबाखर गाविस (हाल सहिद नपा–१) को उपाध्यक्ष बन्नुभएको थियो । उहाँ महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बन्नुभएको थियो ।

महान् जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको छ भने हाम्रो पार्टीले समर्पित सहकर्मी गुमाएको छ । कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।

आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली जस्ता दिवंगत कमरेड यादवका आदर्श पक्ष कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् ।

हाम्रो पार्टी उहाँप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

२२ असार, २०७८
………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Mahadev-Yadav_Shraddhanjali-078-03-22-final

कात्तिक ६, २०८१ बुधबार १:१५:३७